नियम २५
प्रमाणपत्र दिने सम्बन्धी व्यवस्था
(१) दर्तावाला चिकित्सकले ऐनको दफा २९ अन्तर्गत प्रमाणपत्र दिंदा यस्तो प्रत्येक प्रमाणपत्र तत्सम्बन्धमा काउन्सिलले तोकिदिए बमोजिमको रजिष्टरमा दर्ता गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको जन्मको प्रमाणपत्रको आधारमा मात्र कसैको नागरिकता निश्चित भएको मानिने छैन ।
(२) उपनियम (१) बमोजिम दिइएको जन्मको प्रमाणपत्रको आधारमा मात्र कसैको नागरिकता निश्चित भएको मानिने छैन ।